काठमाडौं-प्रेस चौतारी नेपाल कैलालीको अध्यक्षामा जनकसिंह विष्ट चयन हुनुभएको छ। शुक्ररबार समितीको आठौँ जिल्ला अधिवेशनले जनकसिंह विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
सर्वसम्मत रूपमा सम्पन्न निर्वाचनबाट उपाध्यक्ष र महिला उपाध्यक्षमा लोकुसिंह ठकुरी र निर्मलाकुमारी शाही निर्वाचित हुनुभएको छ। सचिवमा दिनेश विष्ट सर्वसम्मत हुनुभएको छ।

अधिवेशनबाट सहसचिवमा ध्रुव ओझा निर्वाचित हुनुभएको छ भने समावेशी सहसचिवमा भूपेन्द्र बिक निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा जीवन विष्ट चुनिनु भएको छ।
अधिवेशनबाट सदस्यहरूमा क्रमशः टेकसिंह धामी, पूर्णबहादुर साउद, दिनेश राना, भरत रिमाल, मनीषा भुल, सिद्धराज अधिकारी, नरेशनाथ योगी, भावना भण्डारी र कमल साउद निर्वाचित हुनुभएको छ।

केन्द्रीय प्रतिनिधिमा इन्द्रकुमारी केसी, भोजराज जोशी, हेमन्त पौडेल र एकेन्द्र तिमल्सिना निर्वाचित हुनुभएको छ।
प्रदेश प्रतिनिधिमा गीता चौधरी, भानुभक्त आचार्य, कृष्णप्रसाद ओझा र सुशील ढुङ्गाना निर्वाचित हुनुभएको छ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले उद्घाटन गर्नुभएको अधिवेशनको उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय नेताहरू लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो।
प्रतिक्रिया