अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने

युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने


काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरू हुँदैछ। प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा हुन गइरहेको सो भेलालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्नुहुनेछ।

शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जानकारी दिनुभयो।

यस्तै, भेलाले वर्तमान समयमा युवा पुस्तालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरू खोजी गर्ने संघले जनाएको छ।

संघले भेलाको लागि करिव १७ सय ५० जनाभन्दा बढी प्रतिनिधिहरु उपस्थित हुने जनाएको छ। प्रतिनिधिहरुमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय विज्ञ परिषद्, केन्द्रका ३५ विभागबाट पाँच पाँचजना, आठ वटा प्रदेश कमिटीका पदाधिकारी, साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख, ७७ जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीको साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख तथा काठमाडौँ उपत्यकाका सम्पूर्ण पालिका अध्यक्षहरु प्रतिनिधि उपस्थित हुने संघले जनाएको छ।