अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आगामी चैतमा सङ्घीय परिषद् भेला गर्ने जसता समाजवादीको निर्णय

आगामी चैतमा सङ्घीय परिषद् भेला गर्ने जसता समाजवादीको निर्णय


काठमाडौं-अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद् भेला आगमी २०८१ चैतमा गर्ने भएको छ। भेला काठमाडौंमा हुनेछ।

शनिवारबाट वीरगन्जमा बसेको बैठकले परिषद् भेला गर्नेसहित महत्त्वपूर्ण चार वटा निर्णय गरेको महासचिव मोहम्मद इस्तियाकर राईले जानकारी दिनुभयो।

परिषद् बैठक अघि सातै प्रदेशहरूको गठन पुनर्गठन पनि गरिसक्ने महासचिव राईले बताउनु भयो। उहाँले भन्नुभयो, ‘संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा गर्ने निर्णय भएको छ। मिति र स्थान पछि तय हुन्छ। त्यसबाहेक बैठकले राजनीतिक प्रतिवेदन,प्रतिवेदन सुझावसहित पारित गरेको छ।’ 

बैठकले अध्यक्ष अशोक राईको राजनीतिक प्रतिवेदन पारित गरेको छ। जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको महासचिव राईले बताउनु भयो। केन्द्रीय समिति बैठकमा मधेसकेन्द्रित दलहरू एक भएर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो।