अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय

भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय


काठमाडौँ-सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतको बैठकले भोलि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाकाअनुसार आजको बैठकमा भोलि बोलाइएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको हो।

सचेतक बर्तौलाका अनुसार आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको छ। आगामी माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ। 

सचेतक बर्तौलाले बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुने बताउनु भयो । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्ने उहाँले जानकारी दिनुभयो । ‘२२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ,’ बर्तौलाले भन्नुभयो।

त्यसपछि माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय दिइने बर्तौलाले बताउनु भयो । यसपछि माघ २९ र ३० गते पुनः संसद् बैठक बस्ने उहाँको भनाई छ ।