अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ दलका शीर्ष नेताको बैठक सकियो

सत्तारुढ दलका शीर्ष नेताको बैठक सकियो


काठमाडौं-सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ शीर्ष नेताहरूको बैठक बसेको हो। बैठकमा सरकार कामलाई अझ प्रभावकारी बनाउनको लागि सबैले सहयोग गर्ने सहमति भएको छ। संसदकाे काम कारबाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ। 

बैठक पछि एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एक ठाउँमा उभिने सहमति भएको छ । त्यस्तै सरकारका काम प्रति समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष बैठकले निकालेको उहाँले जानकारी दिनुभयो ।  
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी हुनुहुन्थ्यो। 

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताउनुभयो। उहाँले संसद्लाई पर्याप्त बिजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरुको प्रभावकारी भूमिका आवश्यक पर्ने बताउनुभयो।