अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी नेपाल अर्घाखाँचीको अध्यक्षमा नवीन केसी

प्रेस चौतारी नेपाल अर्घाखाँचीको अध्यक्षमा नवीन केसी


काठमाडौं-प्रेस चौतारी नेपाल अर्घाखाँचीको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नवीन केसीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा सिद्धार्थ केसी र महिला उपाध्यक्षमा करिष्मा खनाल निर्वाचित हुनुभएको छ। यसैगरी सचिवमा नवीन रसाइली निर्वाचित हुनुभएको छ। त्यस्तै सहसचिव लक्ष्मी खनाल र कमला परियार निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा प्रकाश प्युठानी चुनिनुभएको छ।

सदस्यहरूमा क्रमशः चन्द्र पाण्डे, किरण खनाल, हिमाल पौडेल, रमेशकुमार थापा कमलप्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार र कोपिला आचार्य निर्वाचित हुनुभएको छ। यसैगरी केन्द्रीय प्रतिनिधिमा शोभाखर पन्थी, वसन्त श्रेष्ठ र वसन्त श्रेष्ठ, भगवता पाण्डे निर्वाचित हुनुभएको छ।

प्रदेश प्रतिनिधिहरूमा माया पन्थ, माधव वेल्वासे र सविता आचार्य चुनिनु भएको छ।