डोटी-प्रेस चौतारी नेपाल डोटीको अध्यक्षमा प्रेम नेपाली चयन हुनुभएको छ। माघ १९ गते शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले नेपालीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा तेजबहादुर ओली, महिला उपाध्यक्षमा सुनिता धामी चयन हुनुभएको छ। यसैगरी सचिवमा गंगाराम कुन्जेडा, सहसचिवमा विमल रोकाया र रेखा दर्लामी तथा कोषाध्यक्षमा वसन्ती भट्ट चयन हुनुभएको छ।

यस्तै सदस्यहरुमा लक्ष्मी नेपाली, विकास राई, पाल्मु तामाङ र विष्णु कोली चयन हुनु भएको छ। केन्द्रीय प्रतिनिधिमा शिव ओली र सरस्वती साउद तथा प्रदेश प्रतिनिधिहरुमा सुनिता धामी र विष्णु कोली चयन हुनुभएको छ।
प्रतिक्रिया