काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा पार्टी सुदृढिकरण अभियानको समीक्षा भइरहेको छ।
गत कात्तिकदेखि जारी ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिने अभियान अन्तिम चरणमा आइपुग्दा पार्टीले समीक्षा गरेको हो। माघ २९ गते शनिबारको बैठकमा कार्यकारिणी समितिका २३ सदस्यले धारणा राखेका थिए।
आजको बैठकमा थप सदस्यहरूले धारणा प्रस्तुत गरिरहेको प्रवक्ता मनीष सुमनले जानकारी दिनुभयो। छलफलमा सहभागी नेताहरूले अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि धारणा व्यक्त गरिरहेको उहाँले बताउनुभयो।
प्रतिक्रिया