उदयपुर-नेपाल कम्युनिस्ट पार्टी (एमाले) नगर कमिटी कटारीले पार्टीद्वारा सञ्चालन हुने जरा केन्द्रित तीन महिनाको विशेष अभियानलाई प्रभावकारी बनाउन कार्यकर्ताहरूका लागि अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ।
कार्यक्रम नेकपा एमाले केन्द्रीय सदस्य अम्बिका थापाको प्रमुख आतिथ्यतामा तथा नगर कमिटी अध्यक्ष नेत्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा कोशि प्रदेश कमिटी पूर्व सदस्य दुर्गा थापाले सहजीकरण गर्दै अभियानका उद्देश्य, रणनीति र कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी प्रस्तुत गर्नु भएको थियो।
अभिमुखिकरण कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठ, प्रदेश सदस्य कला घले, जिल्ला कमिटी अध्यक्ष भागवत राउत जिल्ला उपसचिव हेम खड्कासहित जिल्ला, नगर र वडा कमिटीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस कार्यक्रममा सहभागीहरूले पार्टी संगठनलाई बलियो बनाउने, जनस्तरसँगको सम्बन्धलाई अझ मजबुत बनाउने तथा अभियानलाई सफल बनाउनका लागि आवश्यक रणनीतिक विषयहरूमा गहन छलफल गरेका थिए।
प्रतिक्रिया