अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवाहरुलाई प्रधानमन्त्री ओलीको सुझावः गलत व्यक्तिको संगत नगर्नुस्

युवाहरुलाई प्रधानमन्त्री ओलीको सुझावः गलत व्यक्तिको संगत नगर्नुस्


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गर्नुभएको छ।

आज काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली व्यक्ति चिनेर मात्र संगत गर्न युवाहरुलाई सुझाव दिनुभएको हो।

गलत मान्छेको संगतमा परेर समय खेर फाल्नुभन्दा सयमको सदुपयोग गर्न जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओली झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने जिकिर गर्नुभयो।

‘युवाहरुलाई मेरो आग्रह के छ भने गलत संगतमा नपर्नुस्। मान्छे आफै बिग्रिँदैन। संगतले बिगारेको हुन्छ। त्यसकारणले गलत व्यक्तिको संगत नगर्नुस्, संगत गर्नुभन्दा अगाडि राम्रो व्यक्ति छानेर गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘झिंगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्‍याउँछ। त्यसकारण फोहोरको डंगुरमा झिंगाको साथ लाएर जान हुँदैन । पहिले हामीले छुट्याउनुपर्छ, मह जम्मा गर्ने कि किटाणु जम्मा गर्ने भनेर।’