अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजनीति

 एमालेनिकट अनेरास्ववियुको २४औं महाधिवेशन जेठमा हुने

 एमालेनिकट अनेरास्ववियुको २४औं महाधिवेशन जेठमा हुने


काठमाडौं-नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले २४ औं महाधिवेशन २०८२ जेठमा गर्ने भएको छ।

सोमबार बसेको दोस्रो स्थायी कमिटी बैठकले २०८२ जेठ १ देखि ४ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिककुमार बडालले जानकारी दिनुभयो।

यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो। तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ १ गतेको विद्यार्थी दिवसका दिन अधिवेशन उद्घाटन गर्ने गरी तालिका निर्धाण गरिएको अध्यक्ष बडालले जानकारी दिनुभयो।

अध्यक्ष बडालले भन्नुभयो, ‘यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो। तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ गर्मीको समय पनि भएकाले काठमाडौं या चितवनमध्ये एक स्थानमा गर्ने छौं। तर स्ववियु निर्वाचनपछि केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनको स्थान र कार्यसूची तय गर्छौं।’