काठमाडौं-प्रेस चौतारी नेपाल बझाङको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनबाट अध्यक्षमा सुरेश धामी सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा कर्ण धामी, अन्तिमा खड्का निर्वाचित हुनुभएको छ।
यसैगरी सचिवमा वचनराज जोशी, सहसचिवमा सुरेन्द्रबहादुर खत्री र सपना खाती निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा शमी खत्री चुनिनु भएको छ।
सदस्यमा सिजन थापा, पुतलीकुमारी ऐडी, सावित्री रोकाया र शान्ति धामी निर्वाचित हुनुभएको छ।
केन्द्रीय प्रतिनिधिमा वसन्तप्रताप सिंह र सन्जिता धामी निर्वाचित हुनुभएको छ। प्रदेश प्रतिनिधिमा लक्ष्मी धामी र दीपकराज जोशी चुनिनु भएको छ ।
प्रतिक्रिया