अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न फागुन ५ गते दाङ जानुहुँदै

प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न फागुन ५ गते दाङ जानुहुँदै


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली २०८१ फागुन ५ गते दाङ जानु हुने भएको छ। नेकपा एमाले दाङले दाङमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली दाङ जान लाग्नुभएको हो।

प्रधानमन्त्री ओली दाङ जानुहुने भएपछि नेकपा एमाले दाङले जनसभाको तयारी गरेको छ। जनसभाको तयारीका लागि विभिन्न भेला र छलफल गर्न थालिएको नेकपा एमाले दाङले जनाएको छ।

जनसभाको तयारीका लागि २०८१ माघ २१ गते नेकपा एमाले दाङको जनसंगठन समन्वय संयन्त्रको बैठक बसेको थियो। जसमा प्रधानमन्त्री ओलीको उपस्थितिमा विशाल जनसभाका लागि कार्ययोजना तयार गरिएको छ। नेकपा एमाले दाङका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जनसंगठनको परिचालन लगायतका विषयमा छलफल गरिएको थियो।

बैठकमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरूलाल चौधरीले नेता जनपक्षीय र कार्यकर्तामा आधारित हुनुपर्ने भएकोले बढी भन्दा बढी नागरिकलाई सभामा उतार्नुपर्ने बताउनुभयो। उहाँले २०८१ फागुन ५ गतेको जनसभा सभा सफल बनाउने अभियानमा लाग्न जनसंगठनका प्रमुखहरूलाई निर्देशन दिनुभयो। उहाँले नेकपा एमालेले सञ्चालन गर्न थालेको जरा अभियानमा पार्टीको नीति विचार बुझाउँदै सदस्यता बृद्धि, नवीकरण तथा मिसन ८४ को आधार तयार पार्ने कार्यमा सवै नेता-कर्ता परिचालित हुनुपर्ने बताउनुभयो।

बैठकमा बोल्दै केन्द्रीय सदस्य जीवन गौतमले पार्टीलाई सवै जनताको माझमा पु¥याउन टोल तथा बस्ती बस्तीमा पुगेर प्रचार प्रसार गर्न निर्देशन दिनुभयो। उहाँले जरा अभियान अन्तरगत जनसंगठनहरु पनि परिचालन हुन आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका उपस्थितिमा हुने विशाल जनसभामा उल्लेख जनताको उपस्थिति गराउन आवश्यक कार्ययोजना बनाएर लाग्नुपर्ने बताउनुभयो।

नेपाल बुद्धिजीवी परिषद्मा अध्यक्ष विकास गौतमको स्वागत मन्तव्यबाट सुरू भएको बैठकमा पार्टीका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीले जनसंगठनले फागुन ५ गतेको सभामा गर्नुपर्ने कामका बारेमा कार्ययोजना प्रस्तुत गर्दै सोही अनुसार काम गर्न निर्देशन दिनुभयो।

सो अवसरमा नेकपा एमाले प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, पार्टीका पूर्व अध्यक्ष तथा भूमि आयोग दाङका अध्यक्ष हुकुम बहादुर वस्नेत, पार्टीका जिल्ला अध्यक्ष शिवकुमार आचार्य लगायतले पार्टीले सञ्चालन गर्न थालेको जरा अभियानका वारेमा जनसंगठनले खेल्ने भूमिकामा वारेमा जानकारी दिनुभएको थियो।

बैठकमा भूमि आयोग दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, २०८१ सालभित्र जनसंगठनको अधिबेशन मार्फत चुनिएर आएका नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष गोकर्ण वलि, अनेरास्ववियुका अध्यक्ष प्रदिप वस्नेत, प्रेस चौतारीमा अध्यक्ष सुधासुमन ढकाल, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष नरेश राज भण्डारी सम्मान गरिएको थियो।