अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज प्रेस चौतारी उदयपुरको आठौं अधिवेशन

आज प्रेस चौतारी उदयपुरको आठौं अधिवेशन


उदयपुर-समृद्धिका लागि सञ्चार कर्म: प्रेस चौतारीको मूल मर्म भन्ने नाराका साथ प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति, उदयपुरको आठौं जिल्ला अधिवेशन आज हुने भएको छ।

गाईघाटस्थित रत्ना रिसोर्टमा भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न हुँदैछ। यो कार्यक्रम प्रेस चौतारीको २७ औं स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रम समेत हो।

उक्त कार्यक्रम प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यता र एमाले पोलिटब्यूरो सदस्य मन्जु कुमारी चौधरीको विशेष आतिथ्यतामा सम्पन्न हुनेछ।

अधिवेशनका अवसरमा ‘बैकुण्ठ उषा पत्रकारिता पुरस्कार’ वितरण गरिने भएको छ। यो वर्षको पुरस्कार पत्रकार माधव पोखरेललाई प्रदान गरिने निर्णय भएको प्रेस चौतारी उदयपुरका अध्यक्ष पुरुषोत्तम सापकोटाले जानकारी दिनुभएको छ। पुरस्कार चयन समितिको सिफारिसअनुसार पोखरेललाई यो सम्मान प्रदान गरिनेछ।

प्रेस चौतारीको जिल्ला अधिवेशनले पत्रकारिता क्षेत्रको विकास र समृद्धिका लागि सञ्चारकर्मीहरूको भूमिकालाई अझै सशक्त बनाउन थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ ।