काठमाडौं-प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन हुनुभएको छ।
बुधबार सम्पन्न काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा प्रवीण रिजाल र सुभद्रा धिताल निर्वाचित हुनुभएको छ।
सचिवमा श्रीकृष्ण ढकाल, सहसचिव राजु नापित उत्सव बजगाईँ तथा कोषाध्यक्षमा कमल पन्थी निर्वाचित हुनुभएको छ। सदस्यहरूमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, रामकुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरिप्रसाद सिग्देल, श्रीकृष्ण बस्नेत र सुजन मैनाली निर्वाचित हुनुभएको छ।


प्रतिक्रिया