अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 माओवादीको जनयुद्ध हिंसा हो: एमाले उपाध्यक्ष बादल

 माओवादीको जनयुद्ध हिंसा हो: एमाले उपाध्यक्ष बादल


काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गर्नुभएको छ।

बिहीबार अछाममा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष बादलले विगतमा आफू नै सहभागी भएको जनयुद्धबारे यस्तो टिप्पणी गर्नुभएको हो।

उपाध्यक्ष बादलले भन्नुभयो, ‘जनयुद्ध भनेको हिंसा नै हो। हिंसा भनेको कलंक पाप हो। त्यहाँ मर्ने र मार्ने हुन्छ।’

जनयुद्ध हिंसा नै हो भन्ने कुरालाई माओवादीले समेत मान्ने उनले जिकिर उपाध्यक्ष बादल गर्नुभयो। उहाँले भन्नसभयझ, ‘हिंसा भनेको वर्गसंघर्ष हो। अथवा संघर्षको सर्वोच्च रुप हो।’ यद्यपि प्रत्येक हिंसा भने युद्ध हुन नसक्ने उहाँले बताउनु भयो। 

उपाध्यक्ष बादलले नेकपा गठन गर्दा जनयुद्धको विषयमा ‘नेपालमा चलेको १० वर्षको जनयुद्धले अथवा सशस्त्र संघर्षले नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको छ’ भन्ने उल्लेख रहेको बताउनुभयो।

उपाध्यक्ष थापाले मुलुकको विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताउनुभयो । उहाँले दुई ठूला पार्टी एमाले र कांग्रेसको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उल्लेख गर्नुभयो।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष थापाले अछामको समग्र पक्षको विकास गर्न, पूर्वाधार निर्माणलगायत विषयमा यहाँका जनप्रतिनिधिमार्फत आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने जानकारी दिनुभयो।