काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आजै विकास निर्माणमा भइरहेको प्रगतिका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दैहुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भर्चुअल छलफल गर्ने जनाउनु भएको छ । सरकारले विगतमा थालेका काम सक्ने योजना अनुरुप सातै प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति विवरणको जानकारी लिने तयारी गर्नु भएको छ । प्रधानमन्त्रीले आयोजनाहरुमा भएको प्रगति,काममा भएको अवरोध,कार्ययोजना अनुसार काम भएको नभएको आदिको जानकारी समेत लिनु हुने र सोही अनुसार मुख्यमन्त्रीहरुलाई निर्देशन समेत दिन कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखे अनुसार विगतको सरकारले विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी नदिएको विगतको अवस्थाबाट हाल ३० अर्व रुपैंया भुक्तानी भइसकेको छ । हाल पूर्वाधर निर्माण सम्बन्धी सबै काम द्रुत गतिमा अघि बढेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रतिक्रिया