अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको छ: अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको छ: अर्थमन्त्री पौडेल


काठमाडौँ-उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताउनु भएको छ। अर्थमन्त्री पौडेल सार्वजनिक-निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गरिरहेको बताउनुभयो।

नेपाल व्यवस्थापन संघको ४४औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा पूर्वाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालन  विषयमा संघद्वारा तयार पारिएको अध्ययनमा अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुतीकरण गर्नुभएको थियो। लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं ‘इन्स्टिच्यूट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (इआइडिएस) का कार्यकारी निर्देशक विश्वास गौचनले टिप्पणी गर्नुभयो।