अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल आफूले नगरेको अपराधको सजाँय भोगिरहेको छ : सभामुख घिमिरे

नेपाल आफूले नगरेको अपराधको सजाँय भोगिरहेको छ : सभामुख घिमिरे



काठमाडौं- प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनका कारण नेपालले नगरेको अपराधको सजाँय भोग्नु परेको बताउनुभएको छ । उहाँले विश्वका विभिन्न देशले उत्पादन गरेको कार्वन उत्सर्जनको असर नेपालको जलवायु परिवर्तनमा असर परेको बताउनुभएको छ ।
नेपालमा कृषि, वन तथा भू-उपयोग क्षेत्रका चुनौतीहरू र अवसरहरूको उपयोगलाई सम्बोधन गर्दै नेपालमा पुनर्जन्मशील बागवानी मूल्य शृङ्खलालाई सुदृढ पार्नका लागि आयोजित कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले सो कुरा बताउनुभएको हो । कोकाकोला फाउण्डेसन,साहारा नेपाल र बाराह एजीको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्दै घिमिरेले पृथ्वीको बढ्दो तापक्रमले नेपालको सुन्दर हिमश्रृंखलाको हिंउ पग्लिएर काला पत्थर भइसकेको उल्लेख गर्नुभयो ।
‘ अस्ति म पोखरा गंए । हिँउले भरिएको माछापुच्छ्रे हेर्ने बानी परेको म यसपटक त माछापुच्छ्रे कालापत्थर जस्तो देखिएको रहेछ । त्यहाँ हिउँ पर्न छोडेछ ’ सभामुख घिमिरेले भन्नुभयो ‘माछापुच्छ्रे एउटा उदाहरण मात्र हो हाम्रा हिमाली चुचुराहरुमा हिंउ देखिन छाडेको छ । यसलाई हाम्रो वातावरणीय चक्रलाई नै असर पारेको छ । ’
सभामुख घिमिरेले जलवायु परिवर्तनले गर्दा कतिपय ठाउँमा पानीका मुहान सुकेका र खानेपानीकै अभावमा मानिसहरुले थातथलो छाड्नु परेको उल्लेख गर्नुभयो । ’चिसोमा मात्र बाँच्न सक्ने जनावारहरु लोप हुने चरणमा पुगेका छन् । उच्च हिमाली क्षेत्रमा फास्टाउने बनस्पतिले आवश्यक मात्रामा चिसो हावा पाउन छाडेका छन् । यसले हाम्रो समग्र पारिस्थितिक प्रणाली माथी नै धावा बोलिरहेको महसुष भएको छ ‘ घिमिरेले भन्नुभयो ।
सहारा नेपालले कोकाकोला फउण्डेसनको आर्थिक सहयोग तथा बराह क्लाईमेट एजि.को सहकार्यमा नेपालको कृषि क्षेत्रलाई प्रवर्दन गर्नको लागि बिभिन्न पहल कदमीहरुको शुरुवात गरेकोमा घिमिरेले प्रशंसा गर्नुभयो । नेपालले जलवायु परिवर्तन,भु क्षयीकरण, बाढी पहिरो र माटोको घट्दो उत्पादकत्वको चुनौतीको सामना गर्नु परिरहेको दृष्टान्त दिंदै घिमिरेले यी चुनौतीहरुलाई सम्बोधन गर्न हरित अर्थतन्त्रलाई बढावा दिनको लागि कृषि क्षेत्र संग सम्बन्धित रैथाने बाली तथा बोट बिरुववाको सरक्षण र संम्बर्धनलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । नेपालको कोशी, मधेस, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका १३ वटा जिल्लाहरुका खाली रहेका जमीनहरुमा बृक्षारोपण गरेर थोरै भए पनि वातावरण सुधारको प्रयास गरेकोमा सरोकारवालाहरुलाई सभामुखले धन्यवाद पनि दिनुभएको छ ।
कोकाकोला फाउण्डेसनकी उपाध्यक्ष देवियानी राज्यलक्ष्मी राणाले कोकाकोला फाउण्डेसनको सानो लगानीले नेपालको वातावरणीय र जिविकाको क्षेत्रमा सानो भए पनि सहयोग हुने अपेक्षा आफूले लिएको बताउनुभयो । अघिल्ला वर्षमा ११ वटा जिल्लामा फलफूलका करिब अढाइ लाख विरुवा रोपिएकोमा यस वर्ष कार्यक्षेत्र विस्तार गरिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक,वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही लगायतको उपस्थिती थियो । कार्यक्रममा साहारा नेपालका सदस्य सचिव महेन्द्र गीरीले नेपालमा जलवायु परिवर्तन र यसले निम्त्याएका तत्कालिन र दिर्घकालिन असर निराकरणका लागि साहारा नेपालले प्रयास गरिरहेको बताउनुभयो ।

साहारा नेपालका कार्यकारी निर्देशक युवराज शिवाकोटीले स्टे्रन्थेन रिजेनेरेटिभ हर्टिकल्चर भेल्यु चेन इन नेपाल विषयमा एक प्रष्तुति राख्नु भएको थियो ।
यसैगरी साहारा नेपालले वृक्षारोपणका लागि विरुवा उपलब्ध गराएका कारण आफूहरुले खाली जमिनलाई सदुपयोग गर्न पाएको र भविष्यमा अझै यस प्रकारको सुविधा पाउनेमा आशावादी रहेको दुईजना किसानहरुले प्रतिक्रिया दिएका छन् । यसैगरी खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले आफ्नो नगरपालिकाले बाँस महोत्सव गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रम साहार नेपालका अध्यक्ष भरत गीरीको अध्यक्षतामा भएको थियो ।