अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जंगली हात्तीबाट ज्यान र गाउँ जोगाउन रातभरी पहरेदारी गर्नु परेको छ : साँसद साँवा

जंगली हात्तीबाट ज्यान र गाउँ जोगाउन रातभरी पहरेदारी गर्नु परेको छ : साँसद साँवा


काठमाडौं- नेकपा एमालेका साँसद एलपि साँवाले शिवसत्ताक्षी क्षेत्रमा जंगली हात्तीको आतंकका बारेमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ ।

प्रतिनिधीसभाको आजको बैठकको शुन्य समयमा बोल्दै साँसद साँवाले हात्तीका कारण नागरिक त्रसिद भएको,ज्यान र गाउँ बचाउन हरेकरात पहरेदारी गरेर बस्नु परेको साँवाले बताउनुभयो ।
कोशी प्रदेशको तथ्यांक उधृत गर्दै साँवाले तीन वर्षको अवधीमा शिवसताक्षी क्षेत्रमा १० जनाको मृत्यु,७० जना घाइते र १५० घरमा जंगली हात्तीले क्षति पुर्याएको बताउनुभएको छ । जंगली हात्तीकै कारण शिवसत्ताक्षी क्षेत्रका ४०० भन्दा बढी घर जोखिममा रहेको साँवले सँसदमा जानकारी गराउनुभएको छ । जंगली हात्तीले गर्ने क्षतिको क्षतिपूर्तीका लागि अन्नपात र घरको विमा गरिनु पर्ने माग राख्नु भएको छ ।