अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन बेलका नगरकमिटी गठन

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन बेलका नगरकमिटी गठन



उदयपुर-नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन)को प्रथम बेलका नगरपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले गणेश ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नगरकमिटी गठन गरेको छ।

कमिटीको उपाध्यक्षमा अशोक अधिकारी, सचिवमा गणेश प्रधान, कोषाध्यक्षमा तिर्थ कुमारी तामाङ र उपसचिवमा खगेन्द्र खतिवडा चयन भएका छन्।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय अध्यक्ष बिनोद पाण्डेले संगठनकाे उद्देश्य र आगामी कार्यदिशाबारे प्रकाश पारेका थिए। उनले देशभक्ति, राष्ट्रिय एकता र सामाजिक सेवामा भूतपूर्व सैनिक तथा प्रहरीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभ भयो।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ र २ का इन्चार्ज अम्बिका थापाको पनि उपस्थिति रहेको थियो। थापाले भूतपूर्व सैनिक तथा प्रहरीहरुको हकहितका लागि पार्टीले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवगठित नगरकमिटीले नगरभित्र संगठनको विस्तार र सुदृढीकरणका साथै भूतपूर्व सैनिक तथा प्रहरीहरुको कल्याणका लागि काम गर्ने जनाएको छ।