अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित भएका चार विधेयक आज आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ( इ-कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक, संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।