अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हिमवतखण्ड सम्मिलनको समापन

विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्री ओलीको आग्रह

विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्री ओलीको आग्रह


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिनुभएको छ।

मदन भण्डारी कला-साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने हिमवतखण्ड कला-साहित्य-संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन भएको आफूले पाएको बताउनुभयो।

सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुवातका यही हिमवतखण्डबाट हुनुको असाधारण महत्व रहेको चर्चा गर्दै उहाँले यस भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक विविधताको नमुना भएको बताउनुभयो। ‘यस्तो गौरवगाथा भएको भूखण्डको पहिचानलाई कसरी संरक्षितसहित अगाडि बढाउने भनेर हामीले साझा सङ्कल्प गर्नुपरेको छ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मानव सभ्यताका छ हजार वर्षका धेरै पुस्ताका इतिहास हामीँसग छन्। ती पुर्खाका योगदान हामीसँग छन्। आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरुलाई पेटेन्ट राइट्सका रुपमा संरक्षित गर्नुपर्नेछ । जेनेटिक मेमोरीलाई हामीले पुनःजन्म गराउनु पर्नेछ।’

प्रधानमन्त्री ओलीले हिमवतखण्डको गौरव र नेपाली जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने सङ्कल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गर्नुभएको थियो । समापनसत्रमा छानिएका कविहरुले कविता वाचन गर्नुभएको थियो।

नेपाल र विदेशका गरी करिव पाँच सय स्रष्टा सहभागी सम्मिलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । यही चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मिलनको उद्घाटन भएको थियो।