काठमाडौं- ३ अप्रिल २०२५ जापान सरकार र युएनएफपिएबीच “नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार परियोजना” कार्यान्वयन गर्न सम्झौता भएको छ। यस परियोजना जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको सन्दर्भमा स्वास्थ्य सेवाको प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउन एक महत्वपूर्ण कदम हो।
यस नयाँ साझेदारी अन्तर्गत जापान सरकारले आफ्नो सहायक कोष मार्फत १.१ मिलियनअमेरिकी डलर प्रदान गरेको छ। यस परियोजना युएनएफपिएले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा सञ्चालन हुनेछ। मार्च २०२५ देखि सुरु भई १२ महिनासम्म सञ्चालन हुने यस परियोजना दुई जिल्ला जाजरकोट र रौतहटमा सञ्चालन हुनेछ।
सौय ऊर्जाको ब्यबस्थापन, स्वास्थ्य उपकरण, पानी तथा फोहोरमैलाको उचित ब्यबस्थापन सहित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रदान गर्ने १० संस्थाहरुको जलवायू अनुकुनलन हुने गरि स्त्तरोन्नति गरिनेछ।यसका साथै, स्वास्थ्यकर्मीहरूलाई आपतकालीन प्रसूति तथा नवजात शिशु सेवा तथा प्रजनन् रुग्णताको ब्यबस्थापनका लागि क्षमता अभिबृद्दिका साथै समुदाय स्तरमा स्वास्थ्य सेवा प्रदान गरिनेछ।

यस परियोजना मार्फत करिब ४८,००० महिला र नवजात शिशुहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
सुभारम्भ समारोहमा युएनएफपिए नेपालकी आवासिय प्रतिनिधि यङ हङले परियोजना नेपालको जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरण प्रयासहरूसँग मेल खाने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो साझेदारीले स्वास्थ्य संस्थाहरूको भौतिक क्षमता मजबुत पार्नुपर्ने आवश्यकता देखाउँछ, जसले बारम्बार आउने जलवायु संकट र प्रकोपसँग जुध्न सक्दछन्।’
नेपालका लागि जापानका महामहिम राजदूत माएडा तोरुले भन्नुभयो, ‘नेपाल जलवायुजन्य चुनौतीहरूसँग जुधिरहेको बेलामा जापान, नेपाल सरकार र युएनएफपिए को साथ उभिन पाउँदा गर्व गर्दछ। विशेष गरी भौगोलिक रुपमा टाढा र जोखिमयुक्त क्षेत्रका आमाहरू र नवजात शिशुहरूको स्वास्थ्य सुरक्षित गर्न महत्त्वपूर्ण योगदान रहनेछ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले भन्नुभयो, ‘आज सुभारम्भ गरिएको परियोजनाले नेपालको जलवायु परिवर्तन स्वास्थ्य अनुकूलन रणनीति तथा कार्ययोजनालाई कार्यान्वयनमा लैजान महत्त्वपूर्ण कदम लिएको छ।’
नेपालको स्वास्थ्य प्रणाली भूकम्प, बाढी, र गर्मी लहरजस्ता प्रकोपसँग जुधिरहेको समयमा यो परियोजना सुभारम्भ गरिएको हो। यस परियोजनाले मातृ मृत्युदर घटाउने मात्र नभई दिगो विकास लक्ष्य प्राप्त गर्नतर्फ नेपालको प्रगतिको लागि महत्त्वपूर्ण योगदान दिनेछ ।
यस परियोजनाले स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र विपद् जोखिम न्यूनीकरण लगायत थुप्रै क्षेत्रमा नेपालमा उल्लेखनीय सहयोग गरिरहेको जापान सरकार र नेपाल सरकारको बीचको दीर्घकालीन मित्रता पनि स्मरण गराउँछ। जापान सरकार र युएनएफपिएले नेपाली नागिरक विशेष गरी महिलाहरुलाई समावेशी, न्यायोचित र प्रतिरोधात्मक स्वास्थ्य प्रणालीमार्फत सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रतिक्रिया