काठमाडौं-काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्।
भारतको आसाम राज्यमा प्रसाईँ पक्राउ परेका हुन्। प्रसाईँलाई काकडभिट्टा नाका हुँदै नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल ल्याउँदै गरेको सुरक्षा उच्च स्रोतले जनाएको छ।
तीनकुने हिंसात्मक राजावादीहरुको प्रदर्शनमा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केही समयपछि सम्पर्कविहीन भएका थिए। प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएर खाेजी गरिएको थियो । प्रसाईं फरार भएपछि पनि दुईवटा भिडियो सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए।
चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।
प्रतिक्रिया