काठमाडौं-प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गर्नुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बरालले स्वास्थ्यको कारण देखाउँदै दिएको राजीनामा प्रधानमन्त्री ओलीले चैत २८ गते बिहीबार स्वीकृत गर्नुभएको हो।
२०८१ चैत १५ गते उपकुलपति प्राडा बरालले पदबाट राजीनामा दिनुभएको थियो। उहाँले सचिवालयका कर्मचारीमार्फत राजीनामा बुझाउनु भएको थियो।
प्रतिक्रिया