अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोल बेल्जियम प्रस्थान

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोल बेल्जियम प्रस्थान


काठमाडौं-काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल युरोपियन युनियनको निमन्त्रणामा शनिबार बेल्जियम प्रस्थान गर्नुभएको छ। त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा शहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासनसम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।

युनियनका दक्षिण एसियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरुसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससम्बन्धी विषयमा बैठक गर्ने बताइएको छ। यसैगरी संसद सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यहरुसँग छलफल हुनेछ।

यस्तै लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन–एडीआर) को अभ्यास अवलोकन गर्ने कार्यतालिका छ ।