अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डढेलो निभाउन जाँदा पाल्पामा जीप दुर्घटना : तीनजनाको मृत्यु

डढेलो निभाउन जाँदा पाल्पामा जीप दुर्घटना : तीनजनाको मृत्यु


पाल्पा – पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा गएराति जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।

सर्वोत्तम सिमेन्टको खानी नजिकै लु १ ज २३७७ नम्बरको जीप जिप १५० मिटर तल खसेको हो । दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डढेलो निभाउने क्रममा भएको दुर्घटनाले गाउँमा शोकमाय भएको छ ।