काठमाडौँ-रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गर्न जरुरी रहेको बताउनु भएको छ।
मंगलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले सरकारले अध्ययन गरेर राष्ट्रिय गौरवका आयोजनाहरु घटाउन जरुरी रहेको बताउनुभयो।
मन्त्री राईले भन्नुभयो, ‘राष्ट्रिय गौरवका आयोजनाहरु मेरो पनि मत छ, यसलाई पुनःविचार गर्नुपर्छ। अलिकति अध्ययन गरेर घटाउनुपर्छ भने पनि घटाउँ। थुप्रो घोषणा गर्ने, काम हुँदै नहुने, हाम्रो आर्थिक अवस्थाले धान्दै धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्ने ? सक्ने मात्रै गरौँ भन्ने मेरो पनि मत छ । मैले त्यो कुरो राखेको पनि छु। कुनै परेकै छैन, राष्ट्रिय गौरवको आयोजनामा नराखि नहुने छ भने त्यसलाई राखौँ तर थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए हुन्थ्यो, भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि आफ्नो मत छ। मैले बारम्बार भनिरहेको छु ।’
मन्त्री राईले धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिनुभयो।
प्रतिक्रिया