काठमाडौं-नेकपा एमाले कोशी प्रदेशका नेताहरूले कोशी प्रदेशमा गर्नुपर्ने कामको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलाई भेटेर ध्यानाकर्षण गराउनु भएको छ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा कोशी प्रदेशमा समावेश गर्नुपर्ने योजनाको विषयमा उहाँहरुलाई सुझाव र माग सहितको ध्यानाकर्षण पत्र बुझाइएको छ।

भेटघाटमा नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, प्रदेश इञ्चार्ज शेरधन राई, जिल्ला इन्चार्जहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, प्रतिनिधि सभाका सदस्यहरू तथा जिल्लाका उपलब्ध अध्यक्षहरू लगायत सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री र अर्थमन्त्रीले प्राप्त सुझाव र योजनालाई प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको छ।







प्रतिक्रिया