काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ।
आज बिहान प्रचण्ड निवासको निवास खुमलटार पुगेर अर्थमन्त्री पौडेलले अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएको हो।
आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल गर्नका निम्ति अर्थमन्त्री पौडेलले अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको जनाएको छ। भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ। बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहनु भएको छ।
भेटवार्ता विशुद्ध बजेटका विषयमा छलफल भएकाे जनाएको छ। अन्य राजनीतिक विषयमा उहाँहरुबीच खासै कुरा नभएको जनाएकाे छ।
प्रतिक्रिया