अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका चार जना व्यवसायी विरुद्ध राजश्व छलीको मुद्धा,३ करोड ४७ लाख माग दाबी

लुम्बिनीका चार जना व्यवसायी विरुद्ध राजश्व छलीको मुद्धा,३ करोड ४७ लाख माग दाबी

कार्यलय प्रमुखको रुपमा घिमिरे बुटवल गएपछि कर छलीमा धमाधम मुद्धा


काठमाडौं -आन्तरिक राजश्व कार्यालय बुटवलले बुटवलका एक व्यवसायीले कर छलेको विषयमा तीन करोडभन्दा बढीको राजश्व चुहावट र कपिलवस्तुका चार जनाविरुद्ध विदेशी विनिमय अपचलनविरुद्धको मुद्दा चलाएको छ ।
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोप्राइटर बरकत अलि मियाँविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट गरेको प्रमाणका आधारमा मुद्दा दायर गरिएको हो ।

बुटवल उपमहानगरपालिका ६ राधाकृष्णपथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका संचालक मियाँविरुद्ध एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ बिगो र यसको शत प्रतिशत जरिवाना रकम एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ गरी तीन करोड एघार लाख बत्तिस हजार पाँचसय बयसठ्ठी रुपैयाँ असुल उपर गर्न तथा कानुन बमोजिम कैद सजायको मागदाबी लिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहीबार नै मुद्दा दर्ता भएको घिमिरेले जानकारी दिनुभयाे ।