अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो: सांसद बाँस्कोटा

पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो: सांसद बाँस्कोटा


काठमाडौं-नेकपा एमाले सांसद गोकुल प्रसाद बाँस्कोटाले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताउनु भएको छ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताउनु भयो। उहाँले प्रतिवेदन बनाउन धेरै मेहनत भएपनि कहै अपूरो रहेको बताउनु भयो । उहाँले विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताउनु भयो । अझै राम्रोसँग अध्ययन जरुरी रहेको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘मेरो फरक मत होइन। एक प्रकारले भन्दा पूरक मत हो। पूरक मत के हो भने यो प्रतिवेदनको विषयमा मेहनत भएको छ। तर त्यसको केही चिजहरुमा मेरो अलिकति पुगेन भन्ने छ। हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्यांकहरु त्यसरी गएन। यो विषयमा छानविन हुनुपर्छ। तर छानविन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । यसमा आएका कुराहरु संयोजकज्युले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरुले सोध्नुभएको थियो । यसमा सबै छ तर केही पनि छैन। त्यो पनि भनेको हो । अर्थात यो अपूरो छ । अझै राम्रोसँग जानुपर्ने जरुरी छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे थप अध्ययन जरुरी रहेको बताउनु भयो।