अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री आज नेपाल आउँदै

न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री आज नेपाल आउँदै


काठमाडौं-न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ।उहाँ दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उहाँ काठमाडौंमा रहने छन् । यो न्युजिल्याण्डबाट उपल्लो तहको पहिलो राजनीतिक भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसैगरी, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।