अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौँमा

न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौँमा


काठमाडौँ-न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ। उपप्रधानमन्त्री पिटर्स आज काठमाडौँ आइपुग्नुभएको हो। 

परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उहाँ काठमाडौँमा रहनु हुने छ।

न्युजिल्यान्डबाट उपल्लो तहको राजनीतिक भ्रमण यो पहिलो भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। श्रीलङ्काको भ्रमण सकेर पिटर्स नेपाल आउनु भएको हो । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनले बुधबार नै भेट्ने कार्यक्रम छ । साँझ परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।