अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभरीका नगर उपप्रमुखको भेला विराटनगरमा,पूर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुने

देशभरीका नगर उपप्रमुखको भेला विराटनगरमा,पूर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुने


विराटनगर – आगामी शुक्रबा र शनिवार विराटनगरमा देशभरिका स्थानीय तहका उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्षको राष्ट्रिय सम्मेलन हुने भएको छ । देशभरिका महानगर, उपमहानगर र नगरपालिकाका उपप्रमुख तथा कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्ष सहभागी हुने सम्मेलनको उद्घाटन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

चीनबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उपप्रमुख–उपाध्यक्षको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदैहुनुहुन्छ । कार्यक्रम उद्धघाटनका लागि उहाँ भोलि बिहीबार नै विराटनगर पुग्ने तयारी छ ।

विराटनगर महानगरपालिकाको आयोजनामा हुने सम्मेलनमा देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरुको काम, कर्तव्य र जिम्मेवारीका बारेमा छलफल हुनेछ । यस्तै कानुनले दिएको अधिकार र कार्यान्वयनमा चुनौतीलगायतको वियषमा पनि घनिभूत छलफल हुनेछ ।

कतिपय पालिकाका उपप्रमुख र उपाध्यक्षहरु अझै पनि आफ्नो काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा प्रष्ट नभएकाले त्यस सम्बन्धमा छलफल गर्दै प्रष्ट पार्न सम्मेलन आयोजना गरिएको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा कार्कीले जानकारी दिनुभो । कार्कीले भन्नुभयो, ‘उपप्रमुख र उपाध्यक्षलाई दिइएको जिम्मेवारी कानुनबमोजिम कार्यान्वयन गर्न अप्ठ्याराहरु हुन्छन्, त्यस्ता विषयबस्तुमा हामी छलफल गर्नेछौं ।’

कानुनमा नितीगत सुधार गर्नुपर्ने र संशोधन गर्नुपर्ने कु्राहरु के छन् ती सबै विषय समेटेर एउटा घोषणपत्र तयार गरिने पनि उपप्रमुख कार्कीले जानकारी दिइन् । सम्मेलनमा घनिभूत छलफल गरेर तयार पारिएको घोषणापत्र संसदमा समेत पेश गरिने भएको छ ।