अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई


काठमाडौँ- यसवर्षको ‘रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरिएको छ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले समाजका संस्थापक सुमित्रा चौलागाई (सुमी मानव)लाई पुरस्कार प्रदान गर्नुभयो ।

उक्त पुरस्कारको राशि रु दुई लाख रहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलमा बेसहरा नागरिकलाई आश्रय उपलब्ध गराउँदै आएको समाजलाई सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पु(याएबापत उक्त पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–४ डाँडागाउँमा रहेको श्री अनाथ असहाय बाल सुधार समाज, नुवाकोटको विदुर नगरपालिका–७ देवीघाटस्थित श्री देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अनुसन्धान प्रतिष्ठान, चितवनको रत्ननगरपालिका–११ मङ्गलपुरस्थित गामवेसीको चेपाङ संरक्षण केन्द्र र ललितपुरको ललितपुर महानगरपालिका–२५ नख्खुस्थित श्री तुलसी फाउण्डेशन ९तुलसालय आश्रम०लाई जनही रु एक लाख राशिको पुरस्कार प्रदान गरियो ।

सो अवसरमा शिक्षा तथा सीप विकासको अवसर प्रदान गर्नमा सामाजिक संस्थाको योगदानका शोधकर्ता पूर्वसहसचिव गेहनाथ गौतमद्वारा लिखित ‘सामाजिक सेवा प्रचनमाला–८’ लोकार्पण गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व चौलागाईले बेसहरा नागरिकलाई जीवनयापनमा सहजीकरण गर्न समाज क्रियाशील रहेको बताउनुभयो ।