अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केही दिन फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह

केही दिन फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह


काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन अनावश्यक फोन र मेसेज नगर्न अनुरोध गर्नुभएकाे छ। मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अहिले आफू मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त रहेको जानकारी गराउँदै फोन र मेसेज नगर्न आग्रह गर्नुभएकाे हाे।

मन्त्री पुनले सामाजिकमा लेखनुभएकाे छ, ‘अनुरोध- अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनुहोला।’

यही असोज ६ गते शिक्षामन्त्रीमा नियुक्त पुनले त्यही दिन विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चारवटा सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका थिए।

मन्त्रालयका अनुसार उनले अन्तरिक्ष प्रविधि, न्युक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका हुन्।

शिक्षामन्त्री पुनले मंगलबार मात्र समय खेर नजाओस् भनेर केशरमहलस्थित शिक्षा मन्त्रालयमै खाने, बस्ने व्यवस्था मिलाएका छन्।

Skip This