अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ


काठमाडौं-नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरा काठमाडौँबाट आइतबार पक्राउ परेका छन्। महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको उल्लेख गरेको छ। महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो। महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढाउँदै केही दिनअघि महरासँग बयान लिइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भेपको प्रयोग गरी सुन भित्र्याउने योजनामा संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच निरन्तर संवाद भएको कल रेकर्डमा देखिएको बताइएको छ।