अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु


काठमाडौं-विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) विरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पुनमाथि पनि अनुसन्धान सुरु गरेको हाे।

यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ। उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

यसअघि पुनमाथि कुनै अनुसन्धान नहुँदा नाम मात्र जोडिएको भन्दै विवाद उठेको थियो। तर हाल सिआइबीले पुनसँगै पुनका जेठा छोरा जितेन्द्र पुन र उपराष्ट्रपति पदमा कार्यरत रहँदा सल्लाहकार रहेका जीवन गुरुङमाथि पनि अनुसन्धान अघि बढाएको हो।

स्रोतका अनुसार दुई वर्षअघि सार्वजनिक भएको प्रमाणमा जितेन्द्र पुनले चिनियाँ क्षेत्र ताक्लाकोटमा तमसुकका आधारमा करिब ४ किलो सुन बुझेको देखिएको थियो। सोही प्रमाणका आधारमा अहिले सिआइबीले सम्पूर्ण कारोबार शृंखलाको विवरण संकलन गरिरहेको बताइएको छ।

पुन उपराष्ट्रपति छँदाका सल्लाहकार जीवनकुमार गुरुङ त्रिभुवन विमानस्थलमा १९ मंसिर २०८० मा बरामद १४ केजी सुन प्रकरणमा मुछिएर पक्राउ परे पनि धरौटीमा छुटेका थिए ।

संगठित अपराध निवारण ऐन, २०७० मा ‘कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा आपराधिक समूहका तर्फबाट आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने’ भनिएको छ ।