अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई


 काठमाडौं-यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिने भएकाे छ। द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अमेरिका दुई र बेलायतका एक अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो।

एकेडेमीका अनुसार अमेरिकको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर र ब्राउन युनिभर्सिटीका पिटर होविट र बेलायतको द लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगियोंनलाई पुरस्कार दिने निर्णय गरिएको हो।

तीन अर्थशास्त्रीलाई ‘नवप्रवर्तन मार्फत सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानका लागि सम्मानित गरिएको हो।

पुरस्कारको आधा भाग मोकिरलाई प्रविधिगत प्रगति मार्फत दिगो आर्थिक वृद्धिका पूर्वसर्त पहिचान गरेको योगदानका लागि दिइने छ । बाँकी आधा भाग आगियों र हाविटलाई ‘रचनात्मक विनाश मार्फत दिगो आर्थिक वृद्धिको सिद्धान्त’ विकास गरेको योगदानमा संयुक्त रूपमा दिइने छ।