काठमाडौँ-मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त हुनुभएको छ। मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो।
नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो।







प्रतिक्रिया