अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिजो भन्दा अझै चिसियो काठमाडौं,आज न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस

हिजो भन्दा अझै चिसियो काठमाडौं,आज न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस


काठमाडौं- काठमाडौंको न्यूनतमा तापक्रम हिजो भन्दा अझै तल झरेको छ । हिजो ३.३ डिग्री सेल्सियस भएको न्यूनतम तापक्रम आज घटेर ३ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बिहान ५.४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव शून्य अर्थात् ३।० डिग्री सेल्सियस देखिएको हो। यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८.४५ बजे पुन मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ।

हिजो बिहीबार पनि सुरुवाती मापनमा ३.३ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि बिहान ५.४५ बजे घटेर ३ डिग्री सेल्सियसमा झरेको थियो। गत मंगलबारदेखि बिहीबारसम्म काठमाडौँको न्यूनतम तापक्रम लगातार ३ डिग्री सेल्सियस रहेकामा आज सुरुवाती मापनमै यति देखिएकाले त्यसभन्दा पनि तल झर्ने सम्भावना देखिन्छ।