अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की


मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशक्य छिटो हुने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यही असारभित्र प्रतिष्ठानका पदाधिकारी नियुक्ति र लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्थालाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गरे।

सरकारलाई विज्ञापन र सूचना सबै सञ्चारमाध्यमलाई समानरुपमा उपलब्ध गराउन आग्रह गर्दै उहाँले यसबारे सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउन  महासङ्घलाई सुझाव दिए। 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकारी सूचना, विज्ञापन सबैखाले सञ्चारमाध्यमले प्राप्त गर्नुपर्नेमा जोड दिए। 

Skip This