काठमाडौँ–नेकपा (एमाले)ले पार्टी पुनर्गठन र निर्वाचन समीक्षाका लागि सुझाव संकलन अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा छलफल सुरु गरेको छ। असार ४ गते बिहीबार कपिलवस्तुको चन्द्रौटामा प्रदेशस्तरीय भेला आयोजना गरी नेता तथा कार्यकर्तासँग सुझाव लिने काम थालिएको हो।
भेलामा एमालेको सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, साथै कार्यदल सदस्यहरू विष्णुप्रसाद पौडेल, छविलाल विश्वकर्मा, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सहभागी छन्।
भेलामा लुम्बिनी प्रदेशका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूले पार्टी पुनर्गठन, संगठन सुदृढीकरण र निर्वाचन समीक्षा सम्बन्धी सुझावहरू दिइरहेका छन्। कार्यदलले यसअघि कोशी प्रदेशमा पनि यस्तै छलफल गरी सुझाव संकलन गरिसकेको छ।
एमालेले सातै प्रदेशमा पुगेर सुझाव संकलन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।








प्रतिक्रिया