काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ सम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन म्याद तामेल गरेको छ।
आयोगले राहदानी छपाइ ठेक्का प्रक्रियासँग सम्बन्धित अनुसन्धानका क्रममा देउवालाई बयानका लागि उपस्थित हुन आग्रह गरेको हो। २०८३ असार २ गते खण्डहर बनेको बुढानीलकण्ठस्थित उनको निवासमा म्यादपत्र तामेल गरिएको आयोग स्रोतले जनाएको छ।
म्यादपत्रअनुसार देउवालाई तीन दिनभित्र आयोगको टंगालस्थित मुख्यालयमा रहेको कोठा नम्बर १२ मा उपस्थित भई बयान दिन भनिएको छ। म्यादपत्रमा ‘उपस्थित हुन नआए कानुनबमोजिम कारबाही हुने’ उल्लेख गरिएको छ।

२०८२ भदौ २४ मा जेन–जी आन्दोलनका नाममा जलाइएको देउवानिवास अहिले भत्काउने काम भइरहेको छ।
हाल देउवा हङकङमा रहेकाले उनी निर्धारित समयमा उपस्थित हुने वा नहुने विषय खुल्न बाँकी छ।
अख्तियारले राहदानी छपाइ ठेक्कासम्बन्धी अनियमितताको आरोपमा यसअघि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको छ । आयोगले उक्त प्रकरणमा थप व्यक्तिहरूमाथि समेत छानबिन जारी राखेको जनाएको छ।










प्रतिक्रिया