अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ: सांसद आरेन राई

प्रधानमन्त्रीले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ: सांसद आरेन राई


काठमाडौं-श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले सरकार अहिले बेखबर भएर बस्ने नभई बाहिर निस्किएर सूचना संकलन, जनतासँग संवाद र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए।

सांसद राईले भने ‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ। त्यो पाइन्छ, गर्न सकिन्छ। रास्वपा आज दुई तिहाइको नजिक छ। २८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला।’

सांसद राईले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिँदै या त सक्रिय रूपमा काम गर्न, नभए देश चलाउन नसक्ने स्वीकार गरेर मार्ग प्रशस्त गर्न आग्रह गरे ।

‘यो ढंगले अभिभावक विहीन बनेर देश चलाउन पाइन्न । देश र जनतालाई यसरी टुहुरो बनाउन पाइन्न,’ सांसद राईले भने, ‘यसकारणले सरकार कि त निस्किनुपर्यो, कि त सक्तिनँ भनेर हात ठडाउन पर्यो ।’

उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै नागरिकलाई संयमित हुन आग्रह गरे । साथै उनले प्रधानमन्त्री बालेन शाहले २ महिना अघि सिमासम्बन्धी अभिव्यक्ति अलपत्र परेको भन्दै संसदबाट समेत नहटाएकोमा आपत्ति जनाए ।