अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा केही बेरमा सम्बोधन गर्दै प्रचण्ड

प्रतिनिधिसभामा केही बेरमा सम्बोधन गर्दै प्रचण्ड


काठमाडौँ-पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्ने भएका छन्। 

उनले केही बेरमा(शून्य समयपछि)  संसदमा सम्बोधन गर्न लागिएको प्रचण्डका सचिवालयले जनाएको छ।

प्रचण्डले समसामयिक राजनीतिक विषय, सरकारका गतिविधि तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे आफ्नो धारणा राख्ने तयारी गरेका छन्।

संसदमा उनको सम्बोधनलाई प्रमुख राजनीतिक दलहरू, सांसद तथा सर्वसाधारणले चासोका साथ हेरेका छन्। विशेषगरी पछिल्ला राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली तथा समसामयिक राष्ट्रिय मुद्दामा उनले आफ्नो पार्टीको धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।