अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवसायी रोहित गुप्तालाई २ करोड धरौटीमा छोड्न सर्वोच्चको आदेश

व्यवसायी रोहित गुप्तालाई २ करोड धरौटीमा छोड्न सर्वोच्चको आदेश


काठमाडौं-सर्वोच्च अदालतले व्यवसायी रोहित गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सर्वोच्चले गुप्ताको संलग्नताको तह र हद हेर्दा थुनामा राखेर कारबाही गर्नुपर्ने नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।

साउन २८ गते बिहीबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।