अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

डिनिप्रोमा रुसी आक्रमणमा बीस घाइते

डिनिप्रोमा रुसी आक्रमणमा बीस घाइते


किभ-युक्रेनको मध्य सहर डिनिप्रोमा भएको रुसी हमलामा परेर २० जना घाइते भएका छन्  । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साझा गरेको भिडियोमा उद्धारकर्ताहरूले दुई तले भवनको अवशेष खोजिरहेको देखाइएको छ।

सो हमलामा अरु पनि फसेको आशंकामा भग्नावशेषमा खोजी जारी राखिएको छ । एक युक्रेनी सुरक्षा अधिकारीका अनुसार राजधानी कीभमा सो आक्रामणपछि विस्फोटको आवाज सुनिएको छ र हवाई प्रतिरक्षा प्रणाली फेरि तैनाथ गरिएको छ।

युक्रेनका सबैजसो भागमा हवाई आक्रमणको अलर्टमा राखिएको छ। रुसले पछिल्लो घटनाबारे भने कुनै प्रतिक्रिया दिएको छैन।

जेलेन्स्कीले डिनिप्रोमा भएको विस्फोटलाई जानाजानी रुसी आक्रमणको रूपमा वर्णन गरेका छन् । यद्यपि रुसले छिमेकी देशमा आक्रमण गर्दा नागरिकहरूलाई लक्षित गर्ने गरेको सुरु देखि नै अस्वीकार गर्दै आएको छ ।-एजेन्सी